हाम्रो बारेमा

Uttari Gorkha Attharasaya Khola Tamu Samaj Kathmandu

समाजको अधिकारिक लोगो

Uttari Gorkha Attharasaya Khola Tamu Samaj Kathmandu

गोरखा जिल्लाको उत्तरी भेगबाट काठमाडौं उपत्यकामा विभिन्न पेशा र व्यवसाय गरी बसोबास गर्दै आउनु भएका सम्पूर्ण उत्तरी गोरखाका तमु (गुरुङ) हरूलाई समेटेर गुरुङ जातिहरूको संस्कार, संस्कृति, भाषा, भेषभूषालाई संरक्षण र सम्बर्द्धन गरी अनुशासित बनाउँदै सामाजिक स्तरमा वृद्धि गरी देश र समाजको विकासमा समेत टेवा पुर्‍याउने मनसाय लिई छरिएर रहेका गुरुङ समुदायहरूलाई एकजुट गराई अवसर प्रदान गर्ने उद्देश्यले उत्तरी गोर्खा अठारसय खोला तमु समाज, काठमाडौं (NORTH GORKHA ATHARASAYA KHOLA TAMU SOCIETY, KATHMANDU) गठन गरिएको छ।

"उत्तरी गोर्खा अठारसय खोला तमु समाज, काठमाडौं” नामक यो संस्था २०८२ चैत ११ गते जिल्ला प्रशासन कार्यालय, काठमाडाैंमा संस्था दर्ता ऐन २०३४ को अधीनमा रही ७२ जनाको साधारण सदस्यबाट ९ जनाको कार्य समिति निर्माण गरी दर्ता गरिएकाे हो।

संस्थाको प्रमाणपत्रहरू

जिल्ला प्रशासन कार्यालय प्रमाण-पत्र
गैर नाफामूलक संस्था दर्ता प्रमाणपत्र
स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्र

हाम्रो उद्देश्यहरू

  • यो समाज मुनाफा रहित जनहितकारी सामाजिक संस्था हुनेछ।
  • उत्तरी गोर्खाका गुरुङहरूको भाषा, भेषभूषा, परम्परा, संस्कृति र संस्कारको सम्बर्द्धन र संरक्षण गर्ने गराउने।
  • उत्तरी गोर्खा स्थायी बसोबास भई हाल काठमाडौंमा विभिन्न पेशा व्यवसायमा संलग्न भई बसोबास गरेका परिवारहरूमा जन्म, छेवर, विवाह र मृत्यु जस्ता कार्यहरूमा एक्यबद्धता गर्ने गराउने।
  • नेपालीहरूको विभिन्न चाडपर्व वा विभिन्न सामाजिक कार्यक्रमहरूमा उत्तरी गोर्खाको पहिचान झल्किने सांस्कृतिक झाँकीहरू प्रदर्शनमा सहजीकरण गरी व्यवस्थापन गर्ने गराउने।
  • समाजभित्रका तमुहरूलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गराउने खालका कार्यक्रमहरू सञ्चालन गर्ने।
  • समाजको सर्वाङ्गीण विकास हुने दीर्घकालीन र अल्पकालीन विभिन्न कार्यहरू गर्ने।
  • समूहको भाषा, लिपि, भेषभूषा, कला, संस्कृति, संस्कार र परम्परा इत्यादि प्रवर्द्धन गरी जगेर्ना गर्नको लागि विभिन्न अध्ययन, अनुसन्धान, छलफल, अन्तर्क्रिया, गोष्ठीहरू सञ्चालन गर्ने।
  • समाजभित्रका तमुहरूलाई आवश्यक सहयोग र हौसला दिँदै तमुहरूको भाषा, संस्कार, संस्कृति, इतिहास एवं धार्मिक परम्परालाई विभिन्न पुस्तक, पत्रपत्रिका र अन्य सञ्चार माध्यमहरूद्वारा प्रचार-प्रसार गर्ने।
  • शिक्षा, स्वास्थ्य तथा रोजगार सम्बन्धित कार्यक्रम सञ्चालन साथै महिला बालबालिका र लैंगिक सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने।
  • माथिका उद्देश्यहरूसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको भेला, गोष्ठी, सेमिनार आदिमा सहभागिता हुने।

संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरू

  • संस्थाले प्रचलित नेपाल सरकारको कानुन बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र आफ्ना उद्देश्यहरू कार्यान्वयन गर्नेछ।
  • संस्थालाई आवश्यक पर्ने घर तथा जग्गा जमिन खरिद गर्ने, भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिने छ र कम्प्युटर, टेलिफोन, इन्टरनेट जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्छ वा भाडामा लिई प्रयोग गर्नेछ।
  • संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवा सर्तहरू निर्धारण गर्नेछ।

हाम्रो समाजमा जोडिनुहोस्, उत्तरी गोर्खा तमू (गुरुङ) भाषा, संस्कृति र परम्परालाई संरक्षण गर्न मदद गर्नुहोस्।

सम्पर्क